हेटौंडा । नेकपा एमाले भीमफेदी गाउँपालिकाको अध्यक्षमा सानु थापा चयन भएका छन् । शुक्रबार भएको पालिका अधिवेशनले थापाको नेतृत्वमा सर्वसम्मत ७५ सदस्यीय पालिका कमिटी निमार्ण भएको हो । कमिटीको उपाध्यक्ष शिव राज पुडासैनी,सचिव शिवराज रुम्बा,उपसचिव काँशी राम बज्यू र मंगला देवि श्रेष्ठ चयन भएका छन् ।