काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी बैठकमा कात्तिक ६ गते सम्पन्न भएको वडा अधिवेशन र ९ गते भएको पालिका अधिवेशनको समीक्षा र रिपोर्टिङ भइरहेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । आजको बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड निर्माण गरिने पनि तामाङले जानकारी दिनुभयो । एमालेको राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुदैछ ।