मकवानपुर– हेटौंडामा बिहीबारबाट अन्तराष्ट्रिय गुणस्तरका एयर प्युरिफाएरको बिक्रि बितरण सुरु भएको छ । हेटौंडा–४ कान्तिराजपथ स्थित हेटौंडा ट्रेडले आज घटस्थापनाको दिनको अवसर पारेर अन्तराष्ट्रिय गुणस्तरका एयर प्युरिफायर, बाटर प्युरिफायर, बाटर फिल्टर, हब, सोलार, चिम्नीलगायतका गुणस्तरीय सामग्रीको बिक्रि वितरण सुरु गरेको हो ।

ब्लुएयरको हेटौंडाका लागि आधिकारीक बिक्रेता हेटौंडा ट्रेडको बिहीबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुहुँदै गुणस्तरीय सामग्री हेटौंडामा बिक्रि वितरण गर्न सुरु गरेमा वधाई दिनुभयो ।

गुणस्तरीय र ओरिजिनल प्युरिफाएरका लागि धरै तिर धाउने बाध्यता हटेको र हेटौंडामा सुपथ मुल्यमा अन्तराष्ट्रिय गुणस्तरका सामग्री पाईने हेटौंडा ट्रेडका सञ्चालकले जानकारी दिनुभयो । कीटाणुनाशक सुविधासहितको प्युरिफायरले हावाबाट खतरनाक कणहरू हटाउन मद्धत गर्ने, फाइन डस्ट र धेरै समय हावामै बसिरहने गन्धहरूजस्ता चुरोटको धुँवा, नराम्रा गन्ध इनडोर कार्सिनोजेन कणहरू समात्ने पनि क्षमता हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा हेटौंडा–४ का वडाअध्यक्ष नबिन सिग्देललगायत अन्य व्यवसायीहरुको सहभागिता थियो ।