मकवानपुर – नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले बिहीबार बडादशै, दिपावली, छठ, ल्होसार, ईदलगायत पर्वका अवसमा शुभकामना आदान प्रदान, चियापान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । उपशाखाका सभापति शिबहरि दाहालको अध्यक्षता एवम् बागमती प्रदेशको सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

हेटौंडा–४ पशुपति मन्दिरको सभाहलमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाल बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य प्रताप बिष्ट तथा जिल्ला सभापति सुर्यचन्द्र न्यौपानेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठलाई रेडक्रस अभियानमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएकाे भन्दै समानित गरिएको थियो । कार्यक्रममा रेडक्रसका आजिवन सदस्यहरुलाइ सदस्यताको प्रमाणपत्र समेत बितरण गरिएको थियो ।