हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा–१ चाइनाक्वाटरबाट तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । शनिबार प्रहरीले हारजित हुनेगरी तास खेलीरहेको अवस्थामा २६ हजार ९ सय ८५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो ।
हेटौंडा– १, चाइनाक्वाटर स्थित ३७ बर्षीय राकेश केसीको घरमा तास खेलिरहेको अवस्थामा हेटौंडा–१ का ३८ बर्षीय प्रदिप जंग पण्डित, ४० बर्षीय पदम बहादुर भण्डारी, ५५ बर्षीय एक बहादुर थापा, हेटौंडा–४ का ३१ बर्षीय दिपेन्द्र कुमार मिश्र, हेटौंडा–१० का ४२ बर्षीय उमेश श्रेष्ठ र धादिङ जिल्लाका धुनिवेशि नगरपालिका वडा नम्बर ९ घर भई हाल हेटौंडा–१ बस्दै आएका ३६ बर्षीय बाबु कृष्ण उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई शनिबार नै पक्राउ गरेपनि घटना आइतबार मात्रै सार्वजनिक गरेको हो । जुवाडेहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।