हेटौंडा – बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जगत बस्नेलाई नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोकका बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो । यस्तै नीति तथा योजना आयोगमा ३ सदस्यलाई पनि सरकारले नियुक्त गरेको छ ।
सदस्यमा रामेछापका ज्ञानकुमार श्रेष्ठ, काठमाडौंको निलम ताम्राकार र नुवाकोटको रामशरण प्याकुरेल नियुक्त भएका हुन् । उनीहरुले शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री एवं नीति तथा योजना अयोगका अध्यक्ष अष्टलक्ष्मी शाक्यबाट सपथ लिएका छन् । सपथ लिएसँगै उनीहरुले पदभार समेत ग्रहण गरिसकेका छन् । बागमती प्रदेशले लामो समय पछि नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको हो ।