बकैया । नेकपा एमाले बकैया–५ को अध्यक्षमा लाल बहादुर जिम्बा चयन भएका छन् । आज भएको वडा भेला तथा कमिटी गठन कार्यक्रमले जिम्बाको नेतृत्वमा ३५ सदस्यि वडा कमिटी गठन गरेको हो ।
यसैगरि कमिटीको उपाध्यक्षमा बिल बहादुर दोङ र सचिवमा राजन राई रहेका छन् । एमाले बागमती प्रदेश सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले मकवानपुरका जिल्ला सदस्यहरु दलबहादुर वाइवा, कृष्णप्रसाद चौलागाईं , बेलप्रसाद दाहाल ,सरला बोलखे,बकैया अध्यक्ष गोपाल दाहाल लगाएतको उपस्थिति रहेको थियो ।
यसैगरि वडा भेलामा नेपाली कांग्रेस,नेकपा माओवादी र राप्रपा परित्याग एक दर्जन बढी नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा दिनेश लामा,अर्जुन जिम्बा,दावा लामा,छवाङ जिम्मा,अरुण लामा, सुजन बल, ओक गोले लगाएत एक दर्जन बढी रहेका छन् । उनिहरुलाई प्रमुख अतिथि पौडेलले टिका लगाएत स्वागत गरेकी हुन् ।