file photo

काठमाडौं– नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन हुनुभएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको पहिलो बैठकले पार्टी अध्यक्षसमेत रहनुभएका नेपाल सर्वसम्मत दलको नेता चयन हुनुभएको हो । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भूसाललाई चयन गरेको छ ।