file photo

मकवानपुर – बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार मुख्यमन्त्री निवास छाड्नुभएको छ । बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिनुभएका मुख्यमन्त्री पौडेलले बिहीबार सरकारी निवास छाड्नुभएको हो ।

उहाँलाई बृहत मोटरसाइकल ¥यालीसहित एमाले कार्यकर्ताहरुले उहाँकोे निजी निवाससम्म पु¥याएका थिए । हेटौंडा–२ स्थित चौकिटोलमा रहेको मुख्यमन्त्री निवासमा डोरमणि पौडेल ४३ महिना बिताउनुभएको छ । ४३ महिना प्रदेश सरकारको नेतृत्व गरिरँहदा प्रदेशको १३ जिल्लालाई कसैले पनि औँला उठाउन नसकेको उहाँले बताउनुभयो । १३ वटौ जिल्लामा विकासका कामहरु भएको भन्दै प्रदेशलाई पनि गति दिएको उहाँले बताउनुभयो ।

संघीय सरकार र माथिल्लो तहमा बस्ने नेताहरुलाई एकताको सन्देश दिन राजीनामा दिनुभएका पूर्व मुख्यमन्त्री पौडेलले पछिल्लो केही समयदेखि नै यसको लागि तयारी भइरहेको बताउनुभयो । “देख्दा अकास्मात यस्तो देखिन् सक्छ, तर यस्तो भएको हैन, सबै व्यवस्थित रुपमा भएको उहाँले भन्नुभयो ।” पूर्व मुख्यमन्त्री पौडेलले आफ्नो निजी निवासमा पुगेर पदमा नभएपनि जनताको सेवा गरिरहने बताउनुभएको छ । स्थानीय चुनाव नजिकिदै गरेको भन्दै अब जनताको घरघरमा पुग्ने वातावरण बनेको उहाँले बताउनुभयो ।