काठमाडौँ । आज देशभर ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ६ नमुनाको पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ७३ जना र ४ हजार ६ सय ५६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ७ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमणबाट आज २ हजार २ सय ९४ जना निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ७७ हजार ३ सय ७७ संक्रमित निको भइसकेका छन् ।सङ्क्रमणका कारण आज थप ३२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार २ सय १२ सङ्क्रमितको मृत्यु भइसकेको छ । देशभर रहेका ३८ हजार १ सय ८० सक्रिय संक्रमित मध्ये ७ सय ३७ को सघन उपचार कक्ष र १ सय ८३ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।