काठमाडौँ । कोरोना भाइरसबाट आज थप ३ हजार २ सय १८ जना सङ्क्रमित भएका छन् । आज ४ हजार ७ सय ७ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ जना तथा ८ हजार ८ सय ६६ नमुनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज १ हजार ७ सय २२ जना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ६ प्रतिशत रहेको छ । योसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४ सय ३२ पुगेको छ । सक्रिय सङ्क्रमित मध्ये ३२ हजार २६ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ४ सय ५ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा रहेका संक्रमित मध्ये ७ सय ४६ जनाको आइसियु तथा १ सय ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै आज थप १९ जनाको मृत्यु भएपछि हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या १० हजार ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।