काठमाण्डाै – साफ यू–१८ च्याम्पियनशिपमा नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको छ । यो हारसँगै नेपालको सेमिफाइनलमा पुग्नका लागि भुटान र माल्दिभ्सबीचको नतिजा कुनुपर्ने भएकाे छ । हलचोक मैदानमा आइतबार भएको खेलमा पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिन नसक्दा अरु २ गोल खान पुग्यो ।

खेलको ३६ औंँ मिनेटमा यसी दोर्जीले गोल गर्दै भुटानी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको भुटानले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ८६ औंँ मिनेटमा केजाङ जिग्मेले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २-० गोलको अग्रता दिलाएका थिए । २ गोलले पछि परेको नेपालमाथि ९० औंँ मिनेटमा कर्मा सोनामले तेस्रो गोल गरेका थिए ।