मकवानपुर – मकवानपुरमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ३ जनाको पिसिआर र ३ सय ३१ जनाको एन्टीजेन परीक्षण गर्दा थप ४२ जना र २८ जना गरी ७० जनामा कोरोना संक्रमण पुष्टिभएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा थप ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल ५ सय २२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ४ सय ७७ जना होम आइसोलेसनमा र ४५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ । यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।











