मकवानपुर – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पताको सम्पूर्ण सेवाहरु ऋाजबाट सुचारु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बन्द भएको ओपिडीलगायतका सम्पूर्ण सेवा आजबाट सुचारु भएको हो ।
विश्वभर महामारिका रुपमा फैलीएको कोभिड संक्रमणका कोभिड अस्पतालको रुपमा रुपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको हेटौंडा अस्पतालमा आजबाट सम्पूर्ण सेवाहरु सुचारु भएको अस्पतालले जनाएको छ । अस्पतालले सुचना जारी गर्दै कोभिड अस्पतालका कारण आंसिक रुपमा बन्द रहेका सम्पूर्ण सेवा आजबाट सुचारु गर्न लागिएको जानकारी दिएको छ । अस्पतालले तत्काल जनरल आइसियू सेवा बाहेकका अन्यु सेवा सूचारु गर्न लागेको जनाएको छ । अझैपनि कोरोना संक्रमितको उपचारको लागी आइसियू सेवा प्रयोगमा आइरहेकोले अन्यका हकमा आइसियू सेवा तत्काल उपलब्ध नहुने समेत अस्पतालले जानकारी दिएको छ ।