बलिउडका मिस्टर फरफेक्शनिस्ट आमिर खान र किरण रावले १५ वर्षको सम्बन्धलाई तोडेका छन् । उनीहरु दुवैले सहमतिमा सम्बन्ध विच्छेद गरेको बताएका छन् । दुवै श्रीमान र श्रीमतीको रुपमा नरहे पनि व्यावसायिक साझेदार भने बन्न सक्ने टाइम्स अफ इन्डियाले जनाएको छ । उनीहरुले भनेका छन्, ‘हाम्रो व्यावसायिक सम्बन्ध भने कायम छ ।’
उनीहरुको एक सन्तान छन्, अजाद । उक्त बच्चाको पालनपोषण दुवैले गर्ने सहमति भएको छ ।आमिर खानले यसअघि सन् २००२ मा रीना दत्तसँग सम्बन्ध विच्छेद गरेका थिए । आमिर र रीनातर्फ दुई छोराछोरी छन् । पछि २००५ मा किरण रावसँग आमिरको विवाह भयो । यो आमिरको दोस्रो विवाह थियो ।एक अन्तरवार्तामा आमिरले भनेका छन् कि उनीहरुको भेट फिल्म लगानको सेटमा भएको थियो । त्यहाँ किरण असिस्टेन डाइरेक्टर थिइन् । दुवै केही वर्ष डेट गरेपछि विवाह गरेका थिए ।