हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) भीमफेदी गाउँपालिकाको गाउँपालिका स्तरीय जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । बुधबार नेकपा एमाले भीमफेदी गाउँपालिकाका संयोजक एवम् भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको अध्यक्षतामा एवम् नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यता भेला भएको हो ।
नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठको विशेष आतिथ्यतामा भएको भेलामा जिल्ला सदस्य ठाकुर राम खड्का, ईश्वर मैनाली,देव कृष्ण पुडासैनी, द्रोणभद्र पुडासैनी, पार्वती राना लगायतको आतिथ्यता रहेको थियो । गाउँपालिका स्तरीय जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता भेलाले आगामी दिनहरुमा पार्टी पुनर्गठन, व्यवस्थापन तथा जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका सचिव सानु थापाले कार्यक्रमको संचालन गर्नुभएको थियो । भेलामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँहरुलाई प्रमुख अतिथि राना तथा जिल्ला अध्यक्ष श्रेष्ठले टिका लगाएर स्वागत गर्नुभएको थियो ।