मकवानपुर – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटाैंडा अस्पतालमा नयाँ अक्सिजन प्लान्ट आइपुगकोे छ । उद्योग संघ मकवानपुरको पूर्ण सहयोगमा दैनिक ३८ घनमिटर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको नयाँ प्लान्ट आइपुगेको हो ।
उद्योग संघ मकवानपुरको सहयोगमा १ करोड २८ लाख मुल्य बराबरको सो प्लान्टबाट दैनिक ११० सिलिन्डर अक्सिजन उत्दान गर्न सकिने अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य हिरा वाइबाले जानकारी दिनुभयो । अहिले अस्पतालमा दैनिक १५ अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्ने प्लान्ट संचालनमा रहेको छ ।

May be an image of outdoors