मकवानपुर – बागमती प्रदेश सभाको बैठक असार १७ गते दिउँसो ३ बजे बस्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि बैठक आव्हान गरिएको हो ।
यही असार १ गते बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि करीब ५७ अर्बको बजेट ल्याएको थियो । असार १७ गते दिउँसो ३ बजे बस्ने बैठकमा बजेट माथिको छलफल हुने प्रदेश सभाका सचिव कृष्णहरी खड्काले जानकारी दिनुभयो ।