मकवानपुर – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय १३ जनामा गरिएको परीक्षणमा ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको संंख्या १० हजार ७ सय ६२ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट ६३ जना र संस्थागत आइसोलेसनबाट १८ जना गरी ८१ जना सङ्क्रमणमुक्त भएका हुन् । यसंसगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ हजार ५ सय ४६ पुगेको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लाभर १ हजार ७२ जना रहेका छन् । जसमा ९५ जना संस्थागत आइसोलेसनमा र ९ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ सय २४ पुगेको कार्यालयले जनाएको छ ।