मकवानपुर– पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आगामी आथिक वर्ष २०७८÷७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेको छ । गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा भएको सातौं गाउँसभा बैठकमा उपाध्यक्ष सरला बोलखेले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसा बराबरको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

उपाध्यक्ष बोलखे अनुसार खर्च तर्फ नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड,बागमती प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड, आन्तरिक आय र चालु आव को मौज्दात समेत जम्मा रकम रु ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा रकम मध्येसंचालन खर्च तर्फ रु ७ करोड, र विकास बजेट तर्फ रु २६ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा विनियोजन गरिएको छ ।

यसैगरि उपाध्यक्ष बोलखे अनुसार गाउँपालिकाको लागि नेपाल सरकारबाट शशर्त अनुदान तर्फ रु २७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट शशर्त अनुदान तर्फ रु १ करोड ६७ लाख ७९ हजार रकम गरी जम्मा रु २९ करोड ५ लाख ७९ हजार रकम प्राप्त भएको छ । यसैगरि बागमती प्रदेश सरकारबाट बाट समपुरक अनुदान २ करोड ९७ लाख ६४ हजार रकमलाई प्रदेश सरकारसँगको सहकार्यमा योजनाहरु सञ्चालन गरिने उपाध्यक्ष बोलखेले बताउनुभयो । गाउँपालिकाको नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बोलखेले बकैया २ कालापानी धियालमा रहेको युरेनियमलाई केन्द्र र प्रदेश सरकारसंगको समन्वयमा परीक्षणको कार्यलाई अगाडि बढाइने बताउनुभयो । उहाँले खरको छानामुक्त गाँउपालिका निर्माणको लागि विपन्न वर्ग, द्वन्द्व पिडित, सहिद परिवार, सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखेर जस्ताको छाना छाउने कार्यका लागि अनुदानको व्यवस्थालाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
बकैया-गा-पा-२०७८।०७९-को-नीति-कार्यक्रम-तथा-बजेट