हेटौंडा । मकवानपुरमा बिभीन्न पार्टीका केन्द्रीय, प्रदेश स्तरका नेताहरुले हेटौंडाका बिभीन्न मतदान केन्द्रहरुमा गएर मतदान गर्नू भएको छ। यसैगरी बिभीन्न दलमा आवद्ध उम्मेदवारहरुले पनि मतदान गर्नू भएको छ। राप्रपा नेपाल अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापाले मतदान गर्नू भएको छ । स्थानीय तहको जनप्रतिनिधि चयन गर्ने निर्वाचन अन्तर्गत थापाले हेटौंडा ६ मा रहेको वंशगोपाल माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नू भएका हो । त्यस्तै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गर्नू भएको छ । उनले हेटौंडा ११ स्थित त्रिभुवन माद्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर मतदान गर्नू भएका हो ।
त्यस्तै बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विहानै मतदान गर्नू भएको छ । हेटौंडा–१३ स्थित कालिका आधारभूत मतदान केन्द्रबाट उनले मतदान गर्नू भएका हो । नेपाली कांग्रेस वागमती प्रदेश अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री ईन्द्र बहादुर बानियाँले मतदान गर्नू भएको छ। स्थानीय तहको जनप्रतिनिधि चयन गर्ने निर्वाचन अन्तर्गत बानियाँले हेटौंडा १८ स्थित कमला आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गर्नू भएका हो । यता नेपाल परिवार दलका केन्द्रीय सहमहामन्त्री मनोजकुमार सुर्खेतीले पनि सोही ‘ख’ केन्द्रबाट मतदान गर्नू भएका हो ।
नेकपा एमालेबाट हेटौंडाको मेयरको उम्मेदवार अनन्त पौडेलले मतदान गर्नू भएको छ । उनले हेटौंडा–९ स्थित प्रगति माद्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नू भएका हो । उनी दोस्रो संविधानसभाबाट तत्कालिन मकवानपुर क्षेत्र नम्बर ३ बाट समेत निर्वाचित हुनु भएको थियो। उनले सम्पूर्ण मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन समेत आग्रह गर्नू भएको छ । मकवानपुरमा विहानैबाट मतदान गर्नेको घुँइचो लागेको छ । यसैगरी एमालेबाट उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले पनि मतदान गर्नु भएको छ । उहाँले नवलपुरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो । सत्तारुढ गठबन्धन दलको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार मीना कुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले मतदान गर्नू भएको छ। मेयरका उम्मेदवार लामाले हेटौंडा १ चौकिटोलमा रहेको रोप्वे भवन मतदान केन्द्रबाट मतदान गर्नू भएको छ। त्सैगरी गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार राजेश बानियाँले पनि मतदान गरेका छन्।उनले हेटौंडा९५ स्थित बालज्योति मा वि मतदान केन्द्रबाट मतदान गर्नु भएको हो । बकैया गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार सरला बोलखेले बकैयामा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।