मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का नागरिकले घरमै सुरक्षा भत्ता प्राप्त गरेका छन् । कोरोना भाईरस (कोभिड–१९) का कारण सरकारले घोषणा गरेको लकडाउनमा बृद्धवृद्धाहरु बैंकसम्म जान नसक्ने भएका कारण वडा अध्यक्षको पहलमा घरमै सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन् ।
वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको पहलमा वडाका नागरिकले सामाजिक सुरक्षा भत्ता घरमै प्राप्त गर्न सकेका हुन् । अध्यक्ष भण्डारीले ज्येष्ठ, एकल, अपांगता, दलित भत्ता बैंकबाट आफैँ जमानी बसेर रकम ल्याएर घरघरमा वितरण गर्नुभएको छ । उहाँले दुईचरणमा वडाका भत्ता प्राप्त गर्नेहरुको भत्ता आफैँले बुझेर घरघर पु¥याएको जानकारी दिनुभयो । दोस्रो चौमासिकमा प्राप्त गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता उहाँहरुलाई वितरण गरिएको समेत अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
अध्यक्ष भण्डारीले वडामा अन्य कोहि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुपर्ने भएमासम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ । लकडाउनको समयमा भत्ता नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै जनप्रतिनिधिले भत्ता पु¥याइदिँदा खुसी समेत भएका छन् ।