हेटौंडा- मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा ५७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचारत हेटौंडा उपमहानगरपालिका र भीमफेदी गाउँपालिका भित्रका एकएक जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा–१३ का ६७ वर्षीया महिला र भीमफेदी– ९ की ३१ वर्षीया महिलाको मृत्यु भएको हो । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ । पछील्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेहरु ५७ जना मध्य २१ जना पीसीआर परिक्षणबाट र ३६ जना एन्टीजेन परिक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।