काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज सोमबार पनि घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइताबार छापावाल सुनको मुल्य ९३ हजार ९ सय तोकिएको थियो भने तेजावी सुनको मुल्य ९३ हजार ४ सय तोकिएको थियो । आज सुनको मुल्य ७ सयले घटेर ९३ हजार २ सय तोकिएको छ भने तेजावी सुनको मुल्य ९२ हजार ७ सय तोकिएको छ । त्यस्तै चादीको मुल्य पनि तोलामा ५ ले घटेर १३ सय ६५ तोकिएको छ ।