हेटाैंडा – बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।आज शनिबार बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । प्रदेश सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथि प्रदेश सभाको हिजो शुक्रबारको बैठकमा छलफल गरीएको थियो ।