सुनचाँदीको भाउ आज थोरै घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९४ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १३ सय ५० रुपैयाँ तोकिएको छ ।