मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरद्धारा सोमबार जिल्लाको बकैया गाउँपालिकाको आयोजनाहरुको अनुगमन गरेको छ । जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकामा संघीय सरकार, प्रदेश सरकार, गाउँपालिकाकाे लगानी तथा जिससको मौजदात कोषबाट निमार्ण भएका आयोजनाहरुको अनुगमन गरिएकाे हो ।

No description available.

सो क्रममा अनुगमन टोलीले बकैया हात्तीसुडे स्थित बकैया रंगशाला, वडा नम्बर ५ स्थित ठाटी खोला पुल, वडा नम्बर ८ स्थित सिर्सिरे खोला पुल, वडा नम्बर ४ र ११ जोड्ने बान्द्रे खोला पुल, मन्थली जोड्ने २५ किलो मिटर लम्बाई भएको सडक लगायत आइसोलेसन केन्द्रको सहमेत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा प्रमुख खुलालले बकैयामा भौतिक पूर्वाधारसंगै सामाजिक क्षेत्रमा समेत ध्यान दिएको पाईएको बताउनुभयो । उहाँले गाउँपालिकाहरुले गरेका कामहरुको व्यवस्थित अभिलेखिकरण गर्न समेत सुझाव दिनुभयो ।

No description available.

अनुगमन टोलीले गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसनको समेत अनुगमन गरेर हालसम्मको रिपोर्ट लिएको थियो । बकैया गाउँपालिकामा हालसम्म १७५ जना कोरोना जाँच गरिएको मध्ये ५७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिईएको थियो । जसमध्ये हालसम्म २७ जना निको भईसकेको, ८ जनालाई आइसोलेसनमा अक्सिजन दिनुपरेका मध्ये ६ जना निको भईसकेको र हाल दुईजना आईसोलेसनमा सेवा लिईरहेको जानकारी दिईएको थियो । गाउँपालिकामा हालसम्म कोरोनाका कारण चार जनाको ज्यान गएको बताईएको थियो ।

No description available.

अनुगमन टोलीलाई गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पुडासैनीले गाउँपालिकाले गरेका कामहरुका बारेमा जानकारी दिनुभएका थियो । सो क्रममा उहाँहरुले भौगोलिक विकटताका कारण जति बजेट भए पनि अभाव जस्तै देखिएको बताउनुभयो । उहाँहरुले गाउँपालिकामा विकासको जग बसेको र विस्तारै विकास देखिन थालेको बताउनुभयो । विकट ठाउँमा समेत सडक ट्रयाक पु¥याउन सफल भएको, स्वास्थ्यको पहुँच सबै टोलटोलमा पु¥याउन सकिएको, शैक्षिक क्षेत्रलाई व्यस्थित गर्ने कोशिस गरिएको, बालमैत्री गाउँपालिका घोषणा गर्न सफल भएको, गाउँमै रोजगारी सृजना गर्न सफल भईएकोमा सन्तुष्ट रहेको बताउनुभयो । तर ठुलो भौगोलिक क्षेत्र भएकाले बजेटको आभाव हुने गरेको बताउनुभयो । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो ।

No description available.
No description available.
No description available.
No description available.