मकवानपुर– मकवानपुरमा लागु औषध गाँजा सहित तीन जना पक्राउ गरेका छन् । मकवानपुर प्रहरीले १२ किलो ३ सय ग्राम लागुऔषध गाँजा सहित राक्सीराङबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका–७ बस्ने ४७ वर्षीय हिरा बहादुर मोक्तान, सोही ठाउँ बस्ने २४ वर्षीय राम बहादुर मोक्तान र २४ वर्षीय ठाकुर सुनार रहेको छ । उनिहरुलाई राक्सिराङ गाउँपालिका–५ बोटबारीका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । शंकास्पद रुपमा झोला बोकेर हिंडिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको उहाँले जानकारी दिनुभयो । गाँजासहित पक्राउ परेका तीनै जना बिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।