मकवानपुर– पूर्वी मकवानपुरको बकैया–४ स्थित छतिवन प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । इस्थर बेन्जामिन स्मृति संस्थाले स्वास्थ्य केन्द्रलाई आज एक समारोहका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
संस्थाले अत्यावश्यक पीपीइ २० थान, अक्सिमिटर १५ थान, थर्मल गन २० थान, मास्क १५ सय थान, ग्लब्स २ हजार थान, सेनिटाइजर २५ लिटर, लिक्यूड हान्ड वास २५ लिटर,फेस शिल्ड २० थान र १ कार्टनु (१ सय ५० पिस) साबुन सहयोग गरेको संस्थाका फिल्ड अधिकृत दिनेश हुमागाईले जानकारी दिनुभयो । संस्थाले चाइल्ड रेस्कयू नेपालको आर्थिक सहयोगमा उक्त स्वास्थ्य सामग्रीहरु सहयोग गरेको हो । छतिवन प्राथमिक स्वास्थ्य केन्द्रले कोरोना सङ्क्रमितका लागि आइसोलेसन समेत सञ्चालन गरेको छ । हस्तान्तरण कार्यक्रममा बकैया गाउपालिकाकी उपाध्यक्ष सरला बोलखे, बकैया–४ का वडा अध्यक्ष एवम् प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष राजन दंगाल, डा.युवराज पाण्डे तथा संस्थाका कार्यक्रम व्यवस्थापन बुद्ध विर लामा, फिल्ड अधिकृत दिनेश हुमागाई लगाएत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा उपाध्यक्ष बोलखेले कोरोना संक्रमणको जोखिम बढेको भन्दै जनस्वास्थ्य मापदण्डको पालना गर्दै काम गर्न अनुरोध गर्नुभयो ।