मकवानपुर– बागमती प्रदेश सरकारलाई ब्याक टु लाईफ नामक अन्तराष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । संस्थाले कोभिड–१९ को उपचारमा सहयोग हुने विभिन्न स्वास्थ्य साग्री सहयोग गर्ने भएको हो ।
प्रदेश सरकारलाई कोभिड उपचार तथा व्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यका साथ संस्थाले अक्सिजन कन्सेन्टेटर, हाई फ्रिक्वेन्सीको मोवाईल एक्सरे, पीपीई, मास्कलगायतका विभिन्न स्वास्थय सामग्री सहयोग गर्न लागेको हो । संस्थाले भोली शनिबार उक्त सामग्री प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गर्ने मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।
शनिबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर संस्थाले अक्सिजन कन्सन्टेटर १८ थान, हाई फ्रिक्वेन्सीको मोवाईल एक्सरे २ थान,पल्स अक्सो मिटर ६० थान, सिरिंज पम्प (syringe pumps), ईन्फेसन पम्प (infusion pump) ५/५ थान, kn95 मास्क ६ हजार थान, सर्जिकल मास्क एकलाख थान, फेशसिल्ड २७०० थान, पीपीई ११०० थान, मोनीटर ३० थान, इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री मुख्यमन्त्री पौडेललाई हस्थानतरण गर्न लागेको स्वकीय सचिव पौडेलले जानकारी दिनुभयो ।