मकवानपुर– मकवानपुरमा शुक्रबार सुमो दर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा भएको सुमो दुर्घटनामा सोहि स्थानकी ८२ वर्षिया कान्छीमाया सिञ्जालीको मृत्यु भएको हो ।
भीमफेदी गाउँपालिका–७, कोगटेबाट भीमफेदी बजारमा बृद्धभत्ता लिन आएको ना १ ज १९१४ नम्बरको सुमो फर्किने क्रममा कोगटेमै दुर्घटना हुँदा सिञ्जालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा अन्य २ गम्भिर घाइते भएका छन् भने ३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।