मकवानपुर–बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी हुनुभएकाे हाे । देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्दा थापाले ४०१४, तथा नेमकिपाका उमेद्वार कृष्णबहादुर तामाङले ३६ मतभार प्राप्त गर्नुभएकाे छ ।