काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रीहरूलाई निरन्तरता दिनुभएको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीले शपथ लिइसकेपछि पुरानै मन्त्रीहरूलाई शपथ गराउनु भएको हो ।
प्रधानमन्त्रीले विश्वासको मत लिन असफल भए पश्चात् राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार दलहरूलाई बहुमतीय सरकारको लागि दाबी पेश गर्न ३ दिनको समय सीमा दिनु भएको थियो । तीन दिनभित्र कुनै पनि दलले दाबी पेश गर्न नसके पछि धारा ७६ (३) अनुसार सबभन्दा ठुलो दलको हैसियतले नेकपा ९एमाले० को संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो । ओली प्रधानमन्त्रीमा नियुक्त भए पछि अब मन्त्रीहरू को को बन्ने, पुरानाहरू मन्त्री बन्छन् कि बन्दैनन् भन्ने चासोको विषय भएको थियो तर प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीहरूलाई निरन्तरता दिनुभएको छ ।
हेर्नुहोस् मन्त्रिपरिषद्को नामावली
