मकवानपुर– मकवानपुरमा बुधबार (आज) थप २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ सय ६१ जनामा पिसिआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप २ सय १३ जनामा संक्रमण देखिएको स्वास्थय कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आज सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका १ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै थाहा नगरपालिका र मनहरी गाउँपालिकाका १४÷१४ जना, भीमफेदीका ५ जना, मकवानपुरगढीका ४ जना, बकैयाका २ जना र इन्द्रसरोबर र बागमती गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । योसंगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ५ हजार ९ सय ५५ पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ ।
त्यस्तै मकवानपुरमा आज थप ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज ६२ जना होम आइसोलेसन र ४ जना संस्थागत आइसोलेसनमा रहेकाहरु कोरोना संक्रमणमुक्त भएको कार्यलयले जनाएको छ । जसमा हेटौंडा उपमहानगरपालिकाका ५८ जना, थाहा नगरपालिकाका ५ जना, मनहरी गाउँपालिका २ जना र मकवानपुरगढी गाउँपालिकाका १ जना रहेका छन् । योसंगै मकवानपुरमा ४ हजार १ सय ४ जना कोरोना संक्रमणमुक्त भएको कार्यलयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना र भीमफेदी गाउँपालिकाका एक जना रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुष र वडा नम्बर ३ का ६३ वर्षीय पुरुष तथा भीमफेदी गाउँपालिका वडा नम्बर ६ का ५९ वर्षीय पुरुषका हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।