काठमाडौँ– राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गर्नु भएको छ ।नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
