मकवानपुर– हेटौंडा–४, स्थित मकवानपुरकै पुरानो मध्येको भुटनदेवी माविको नवनिर्मित २० कोठे भवन सोमबार समुद्घाट तथा हस्तान्तरण गरिएको छ । २०७२ सालको भुकम्पका कारण क्षति भएर पूनर्निर्माण गरिएको २० कोठे विद्यालय भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो ।

जापान सरकारको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भ्याली लामा जेभि ठेक्का मार्फत ६ करोड ३० लाखको लागतमा निर्माण गरेको भवनको मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटनसंगै हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले विद्यालय भवनको निमार्णसम्पन्न भएसँगै विद्यालयमा पढाई हुने शिक्षाको गुणस्तरमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । उहाँले शिक्षकले पढाउने हैन विद्यार्थीलाई सिकाउनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले भूकम्पपछि मकवानपुरमा अत्याधुनीक तथा प्रविधिमैत्री र गुणस्तरीय विद्यालय भवनहरु निर्माण भएको बताउनुभयो । तर, नवनिर्मित भवनको सरसफाई, उचित व्यवस्थापन र उपयोगमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । जिल्लाकै पुरानो र ईतिहास बोकेको भुटनदेवी माविमा नवर्निर्मित भवनले विद्यार्थीको सिकाई र उच्च नतिजा प्राप्त गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नवनिर्नित भवनको साँचो भुकुम्प पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना (शिक्षा) ले बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललाई, मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई र प्रमुख खुलालले ४ नम्बर वडा कार्यालय हुँदै विद्यालयका प्रध्याध्यापक माधव दाहाललाई हस्तान्तरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्वादोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, केन्द्रिय आयोजना कार्यान्वयन इृकाई शिक्षाका निर्देशक रामशरण सापकोटा, शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्र प्रसाद लुईटेल, जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षाका प्रमुख बद्रीबहादुर पाठक, ४ नम्बर वडाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापकलगायत शिक्षकहरुको उपस्थिती थियो । भुटनदेवी माविमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा संचालन भईरहेको छ ।