मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणकालागि टोल विकास संस्थाहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सोमबार टोल विकास संस्था हेटौंडा उपमहानगरपालिका र नगरका विभिन्न वडाका टोल विकास संस्थाका प्रतिनिधिहरुसंगको छलफल कार्यक्रममा उहाँले कोभिड नियन्त्रणकालागि समुदायमा टोल विकास संस्थाको भुमिका महत्वपूर्ण हुने हुँदा भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

प्रमुख खुलालले दोस्रो चरणको कोभिडको संक्रमण बढ्दै गएकोले यसबाट बच्न समुदायमा स्वास्थय सुरक्षाका मापदण्डको पलना गर्न÷गराउने, सचेतना जगाउनेलगायतका कार्यमा प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । प्रमुख खुलालले मकवानपुरमा कोरोना प्रकोप बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणका विषयमा टोल विकास संस्थाले खेल्नुपर्ने भुमिकाका विषयमा छलफल गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख खुलालले समुदायमा प्रकोप फैलनबाट बच्न बेलैमा सचेत हुने र अरुलाई समेत सचेत गराउने कुरामा भुमिका खेल्न आग्रह गर्नुभयो । उहाँले नेपाल सरकार र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रद्धरा जारी निर्देशनहरु पालना गर्न÷गराउन, मास्कको अनिवार्य प्रयोग गर्न÷गराउन, क्षमता भन्दा बढी यात्रु नराख्न साथै समुदायमा सचेतना फैलाउने कार्यमा प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । यस अघि प्रमुख खुलालले गैरसरकारी संस्था, सहकारी संस्थाहरू र यातायात व्यसायी तथा मजदुरहरुसंग पनि छलफल गर्नुभएको थियो ।