मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार बिरोधि जनतामा फैलाईएको भ्रम चिर्न जरुरी रहेको बताउनुभएको छ । नेकपा एमाले मकवानपुरद्धारा आज हेटौंडामा आयोजित जनप्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले विकास बिरोधि गतिविधि गर्नेहरुको बिरुद्धमा सम्पूर्ण शक्ति लाग्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले पछिल्लो तीन वर्ष पार्टी निष्कृय जस्तो रहेको भन्दै अब पार्टीको गतीविधि बढाउनुपर्ने र पार्टीलाई चलायमान बनाउनु पर्ने बताउनुभयो । जनतामा फैलाईएको भ्रमलाई चिर्दै शशक्त पार्टी निर्माणको अभियानमा लाग्नुपर्ने उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले सरकारले गरेका कामहरु देखिन थालेको भन्दै ती कामहरुलाई जनता माझ ल्याएर भ्रम चिर्ने काममा पार्टीले शसक्त रुपमा भुमिका खेल्नुपर्ने बताउनुभयो । तीन तहमा भएका कामहरु एमाले नेतृत्वको सरकारले गरेका हो भन्ने कुरा जनाता माझ पु¥याउन जरुरी रहेको भन्दै उहाँले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न समेत जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । एमाले भनेर एमाले बिरोधि गतिविधि गर्नेहरुको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन समेत मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, एमाले बागमती प्रदेश कमिटीका सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले प्रदेश कमिटी सदस्य प्रलाद लामिछाने, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे, कैलाश गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङ्, ईन्द्रसरोबर गाउँपालिका उपाध्यक्ष उमा लामा, बागमती गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, एमाले मकवानपुरका सचिब लालबहादुर थापा लगाएत, मकवानपुरका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा मकवानपुरको दश वटै स्थानीय तहका जनप्रतिनिधिहरुले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो ।