हेटौंडा– अखिल नेपाल महिला (अनेम) संघ मनहरी गाउँपालिकाको अध्यक्षमा पम्फा रोक्का चयन हुनुभएको छ । शनिबार (आज) मनहरी गाउँपालिका वडा नम्बर–९, स्थित मोतीदेवी पार्कमा भएको गाउँ कमिटी भेलाले रोक्काको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति चयन गरेको हो । यसैगरि कमिटीको सचिवमा शान्ता राई चयन हुनुभएको छ ।
भेलामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् नेकपा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलाल, मनहरी गाउँपालिका अध्यक्ष एवम् एमाले प्रदेश सदस्य एकराज उप्रेती, अनेम संघ केन्द्रीय सचिवालय सदस्य पद्मा पौडेल, अनेम संघ बागमती प्रदेश सदस्य बिमला कार्की, मकवानपुर अध्यक्ष पार्वती राना, नेकपा एमाले मकवानपुरका सचिव लालबहादुर थापा, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला, युवा संघ नेपाल मकवानपुरका संयोजक लक्ष्मण उप्रेती लगाएतको आतिथ्यता रहेको थियो । भेलामा करीब एक हजार महिला कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।