मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले जेष्ठ नागरिकको अधिकारको संरक्षणमा सबै पक्ष संवेदशिल भएर लाग्नुुपर्ने बताउनुभएको छ । हेटौंडामा शुक्रबार आयोजित जेष्ठ नागरिकको मानव अधिकारको वर्तमान अवस्था र सरोकारवालाको भुमिका विषयक अन्तरकृया कार्यक्रममा जेष्ठ नागरिक कल्याण समिति मकवानपुरका संयोजक समेत रहनु भएका प्रमुख खुलालले यस्तो बताउनुभएको हो ।

प्रमुख खुलालले समुन्नत समाज निर्माणमा ज्येष्ठ नागरिकको भुमिका महत्वपूर्ण हुने भएकाले उनिहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । जेष्ठ नागरिकको मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा तीनै तहका सरकार र सरोकारवाला संवेदनशील हुनुपर्ने उहाँको भनाई थियो । उहाँले जेष्ठ नागरिकहरु प्रति गरिने व्यवहारमा परिर्वतन ल्याउनु पर्ने भन्दै त्यसकालागि सबैको सकारात्मक प्रयास जरुरी रहेको बताउनुभयो । प्रमुख खुलालले बृद्धा आश्रमहरु पनि नयाँ ढंगबाट सञ्चालन हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कस्तो खाले जेष्ठ नागरिकलाई कस्तो किसिमको साहारा दिने भन्ने बारे राज्यले निति नै बनाएर काम गर्नुपर्ने बताउनुभयो । जेष्ठ नागरिकाका नागरिक्ता सम्बन्धी समस्यामा समेत राज्यले व्यवस्थित निति बनाउनु पर्ने उहाँको भनाई थियो ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेष्ठ नागरिकाका क्षेत्रमा देखिएका समस्या र त्यसको समाधान गर्ने साथै जेष्ठ नागरिकको अवस्थाका बारेमा प्रतिवेदन तयार पार्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । अन्तरकृयामा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जेष्ठ नागरिक संघ÷संस्थाका प्रमुख एवम् प्रतिनिधि र मानव अधिकारकर्मीहरुको उपस्थित् थियो ।