तेस्रो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को उपाधी नेपाल आर्मी क्लबले हात पारेको छ । शनिबार हेटौंडा–१० स्थित वन वित्रान अध्यन संस्थानको खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर–११ लाई १–० गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मीले १० लाख पुरस्कार राशीसहित उपाधि जितेको हो । साविक विजेता आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ उपविजेतामा सीमित हुँदै नगद पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।

हेर्नुहाेस फाेटाेमा