मकवानपुर– मकवानपुरमा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषमा सदस्यता बृद्धिका लागि जिल्लामा कृयाशिल गैससकर्मीसंग छलफल गरिएको छ । अक्षयकोषका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा जिल्लामा कृयाशिल गैससकर्मीहरुको प्रतिनिधिमुलक सहभागिता थियो ।

छलफलमा सहभागिहरुले अक्षयकोषको उदेश्य राम्रो भएकाले कोषमा सहभागिता जनाउने साथै कोषमा सदस्यता बृद्धिका लागि पहल गर्ने बताउनुभएको थियो । छलफलमा कोषका उपाध्यक्ष ईन्दिरा न्यौपााने, सचिव बद्री बहादुर पाठक, कोषध्यक्ष रामकृष्ण थापा, गैसस महासंघ मकवानपुरकी काव अध्यक्ष रमिला सापकोटालगायत विभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो । कोषमा हालसम्म ९३ जना सदस्यहरु आबद्ध रहेको र हालसम्म करीब १० लाख रुपैयाँ संकलन भएको छ । कोषले यसै वर्षबाट जिल्लाका १० वटै स्थानीय तहमा कम्तीमा एकजना ९–१२ मा अध्यन गर्ने विद्यार्थीलाई छात्रबृति प्रदान गर्ने भएको छ ।