काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको आज बसेको बैठकले भोलिदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक भूमिका खेल्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद् बैठकलाई प्रभावकारी बनाउने, आ–आफ्ना ठाउँका समस्यालाई संसद्मा उठाउने लगायतका विषयमा छलफल भएको नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो ।
संसद्मा अविश्वासको प्रस्तावको सामना गर्ने लगायतका विषयमा चलेको चर्चा के हो भन्ने हाम्रो जिज्ञासामा प्रमुख सचेतक भट्टराईले अहिले नै त्यस्तो कुनै कुरा बैठकमा नचलेको बताउनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले संसद् बैठकलाई परिणाममुखी बनाउन प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई आग्रह गर्नुभएको पनि प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।
Home प्रमुख समाचार संसद् बैठकलाई परिणाममुखी बनाउन प्रभावकारी भूमिका खेल्न सांसदलाई प्रधानमन्त्रीको आग्रह