हेटौंडा – हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा यही फागुन १४ गतेदेखि हुने प्रतियोगिताको खेलतालिका बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
उपहानगरपालिकाको १९ वटै वडाको सहभागिता रहने प्रतियोगितामा चार वटा समुहमा विभाजन गरिएको छ । समुह ए मा वडा नम्बर ११, १, ९, १७ र १३ रहेका छन् भने समुह बी मा ७, ३, १८, १२ र १५ रहेका छन् । त्यस्तै समुह सि मा १६, १९, ४, २ र १० रहेका छन् भने समुह डि मा ५, ८, १४ र ६ नम्बर वडा रहेको छ ।
प्रतियोगिताको पहिलो तथा उद्घाटन खेल समुह ए बाट ११ र १ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ। हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान (हुप्रचौर) सञ्चालन हुने प्रतियोगिता फागुन १४ गतेबाट २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता नकआउटका आधारमा हुनेछ। प्रतियोगिताको विजेतालाई नगद २ लाख रुपैया, उपविजेताले नगद १ लाख ५० हजार रुपैयासहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार रुपैया, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँचरपाँच हजार रुपैया प्राप्त गर्नेछन् । त्यस्तै आयोजकले प्रतियोगिता संचालनको लागि सबै जसो तयारी पुरा भएको समेत जानकारी दिएको छ ।