मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरद्धारा आईतबार हेटौंडा–११, स्थित मामाघर नेपालको अनुगमन गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा सडक बालबालिकाको उद्दार, परामर्श, आवासीय सेवा तथा सुबिधा, शिक्षा, स्वास्थ र पारिवारिक पुनसर््थापना गर्दै आएको मामाघर नेपालको अनुगमन गरिएको हो ।

जिल्ला भित्र सञ्चालित आश्रम तथा बालगृहहरुको अवस्थाका बारेमा जानकारी लिने तथा समन्वय र सहजिकरण गर्ने उदेश्यका साथ त्यस्ता संस्थाहरुको अनुगमन गर्ने क्रममा आज मामाघर नेपालको अनुगमन गरिएको हो । अनुगमनका क्रममा उहाँहरुले संस्थाको वस्तु स्थिती, संस्था सञ्चालनको स्रोत, सञ्चालनको अवस्था, व्यवस्थापनलगयत विषयमा जानकारी लिनुभएको थियो ।

सो क्रममा अनुगमन टोलीलाई संथाका बारेमा मामाघर नेपालका प्रमुख शालिकराम ढकालले जानकारी गराउनुभएको थियो । २०६८ सालबाट सञ्चालित मामाघर नेपालले हालसम्म विभिन्न १३ जिल्लाका २२८ जना बालबालिकाको उद्धार गरेको र त्यस मध्ये १७३ जनाको पनसर््थापना समेत गरेको जानकारी दिनुभयो । संस्थामा हाल ३० जना भान्जाहरु रहेको जानकारी दिनुहुँदै उहाँले बिषेशत उत्सवहरु मनाउने साथै विभिन्न व्यक्ति एवम् संघसंस्थाबाट प्राप्त सहयोगबाट संस्था सञ्चालन भईरहेको उहाँले बताउनुभयो । पछिल्लो समय सरकारी निकायहरुबाट समेत सहयोग प्राप्त हुन थालेको उहाँले बताउनुभयो । उहाँले संस्थामा मासिक २ लाख सम्म खर्च हुने गरेको समेत जानकारी दिनुभयो । गत वर्ष प्रदेश सरकारले २० र यो वर्ष २६ लाख रुपैया उपलब्ध गराएको साथै स्थानीय सरकारबाट समेत सहयोग प्राप्त भइरहेको उहाँले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा जिसस प्रमुख खुलालले सामाजिक संघ संस्थाहरुले विशेष गरि आर्थिक पारदर्शीता कायम राख्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले संस्थाहरु व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने साथै आर्थिक हिसाब किताव पारदर्शि हुनुपर्ने भन्दै आवश्यक समन्वय र सहजिकरणका लागि जिससबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आश्रम सञ्चालनका क्रममा आईपर्ने समस्याका बारेमा तीनै तहसंग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रमुख खुलालले उक्त कार्यमा जिससबाट आवश्यक समन्वय र सहजिकरण हुने समेत बताउनुभयो । अनुगमन टोलीमा ११ नम्बर वडा अध्यक्ष गाेकर्ण पराजुली, निमित्त समन्वय अधिकारी भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, कर्मचारीहरु विवश अधिकारी, सुनिता घिमिरेलगायतको सहभागिता थियो ।