file photo

भीएफआर (भिज्युअल फ्लाइट रुल) अनुसार जहाज अवतरणका दौरान जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उड्ने सबै वायुयानका लागि यस्तो नियम ल्याएको छ । प्राधिकरणका अनुसार यो नियम छोटो धावनमार्ग भएका पहाड र हिमालका विमानस्थलमा ५ सय फिट तोकिएको छ । अन्य सबै विमानस्थलमा भने सो उचाइ भन्दा तल झरिसकेपछि पाइलटले जहाज अवतरण गराउन पर्नेछ ।
१ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाजले सुरुमा रनवे धावनमार्गको एक छेउ ‘थ्रीजीरो’बाट अवतरणका लागि अनुमति पाएको थियो । तर, पाइलटले जहाजलाई मोडेर अर्को छेउ ‘वानटु’बाट जहाज अवतरण गराउने निर्णय लिएका थिए । जहाज जमिनको धेरै तल आइसकेको अवस्थामा लिइएको यो अस्वभाविक फन्कोलाई नै विज्ञहरुले दुर्घटनाको कारण भन्ने गरेका छन् । यद्दपि यसबारे सरकारले गठन गरेको छानविन आयोगले अनुसन्धान गरिरहेको छ । प्राधिकरणले उक्त दुर्घटनामा देखिएको यसै कमजोरीलाई सच्याउने गरी नयाँ निर्णय लिएको हो ।