हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै यसमा सबैले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । गढी दरबार नामक गितको अडियोको आज हेटौंडामा बिमोचन गर्दै प्रमुख खुलालले पर्यटन प्रबद्धनमा प्रचार प्रसारको अझै कमि रहेको बताउनुभएको छ । सबैले पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरेर मकवानपुरको पर्यटन प्रबद्धनमा सहयोग पु¥याउनु पर्ने उहाँले बताउनुभएको छ । अडियो सार्वजनीक गर्दै प्रमुख खुलालले गीतको म्युजिक भीडियो निर्माणमा सहयोग गर्ने समेत बताउनुभएको छ ।
मकवानपुरको पर्यटकीय क्षेत्र झल्कने गरि तयार पारिएको गितको बिमोचन गर्दै प्रमुख खुलालले गीतले मकवानपुरको पर्यटनको प्रचारमा थप टेवा पुग्ने बताउनुभयो । गीतको भाका, भाषा असाध्यै राम्रो र मौलिक रहेको भन्दै उहाँले गीत संगित मार्फत पर्यटन प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो । प्रकाश लम्सालको लेखन, घनश्याम ढकालको संगितमा रहेको गीतलाई संगिता आले, सुष्मा राना, इश्वर बोगटी र पुष्कर नेपालले स्वर दिनुभएको छ ।
ओपेरा इन्फोटेन्टमेन्टका प्रमुख विक्रम लुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा संगितकार ढकालले मकवानपुरको मौलिकतालाई गितमा ढालेको बताउनुभयो । गीतका लेखक लम्सालले गीतले सकेसम्म मकवानपुरको सबै क्षेत्रको प्रर्वद्धन गर्न प्रयास गरेको बताउनुभयो । गित मार्फत मकवानपुरको पर्यटनको विकासमा थप सहयोग होस भन्ने आफुहरुले चाहना राखेको अध्यक्ष लुङुवाले बताउनुभएको छ ।