मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रजातन्त्रलाई मर्यादित संस्कारयुक्त र विधि सम्मत बनाउन सके मात्र समृद्धि हाँसिल गर्न सकिने बताउनुभएको छ । ७१ औं प्रजातन्त्र दिवशका अवसरमा आज हेटौंडामा आयोजित प्रदेश स्तरीय कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै प्रमुख खुलालले यस्तो बताउनुभएको हो ।

प्रमुख खुलालले नेपाली जनताले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको विभिन्न काल खण्डमा विभिन्न किसिमका आन्दोलन, संघर्ष र क्रान्तिहरु गरेर अहिलेको संघिय व्यवस्था आएको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन व्यवस्था स्थापन भएको करिव पाँच बर्ष व्यतित हुदै गर्दा यस प्रणालीलाई संस्थागत गर्न र राष्ट्रियताको सवालमा नेपाल सरकारले महत्वपूर्ण उपलब्धीहरु हासिल गरि सकेको समेत उहाँले बताउनुभयो । उहाँले हाम्रो जस्तो शिक्षा, चेतना र राजनीतक संकार भएको मुलुकमा संघीयताको नयाँ अभ्यास आफैमा चुनौती पूर्ण हुँदा हुँदै पनि संघियतालाई संस्थागत गर्ने सन्र्दभमा थुप्रै उपलब्धीहरु हाँसिल भएको बताउनुभयो ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको समारोहमा जिसस प्रमुख खुलालले गर्नुभएको स्वागत मन्तव्यको पूर्णपाठ