फाइल फाेटाे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यक्ष प्रचण्डलाई एक हप्ता भित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
केहि दिन अघि अध्यक्ष प्रचण्डले काठमाडौंको शान्तिवाटिका भएको कार्यक्रममा दिएको अभिव्यक्तिलाइ लिएर सो मुद्दा दायर भएको थियाे । शान्तिबाटिकामा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । गाेरखापत्रअनलाइन