हेटौंडा– नेपाल क्रसर तथा खानी उद्योग ब्यावसायी माहासँघको अध्यक्षमा मकवानपुरका क्रसर यवसायी सिताराम न्यौपाने निर्वाचित हुनुभएको छ । महासंघको बुटबलमा आज सम्पन्न सातौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपाने निर्वाचित हुनुभएको हो ।
हिजो र आज दुई दिनसम्म भएको अधिवेशनमा न्यौपानेले ललितपुरका क्रसर व्यवसायी किरण थापालाई १२ मतले पराजित गर्दै आगामी कार्यकालका लागि निर्वाचित हुनुभएको हो । निर्वाचनमा न्यौपानेले ६० मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्रवन्दी थापाले ४८ मत मात्र प्राप्त गर्नुभएको थियो । निर्वाचनबाट सदस्यहरुमा बेचन शर्मा ठाकुर, केदार गीरी, अमर बिक्रम शाह, सरोज कुँबर, विकास नारायण श्रेष्ठ, शंकर न्यौपाने र शारदा प्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।
महाधिवेशनबाट महासंघको वरिष्ट उपाध्यक्षमा श्यामराज खडका, प्रदेश १ को उपाध्यक्षमा देवराज तामाङ, प्रदेश २ मा प्रदिप कुमार खड्का, प्रदेश ३ मा देवराज लुईटेल, प्रदेश ४ मा लिलाधर बराल, प्रदेश ५ मा चन्द्रमणी अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशनराज गीरी, सहसचिवमा मिन बहादुर शाहि, कोषध्यक्षमा याम बहादुर मल्ल र सह कोषध्यक्षमा बिकलप हमाल निर्विरोध निर्वाचित हुनुभएको क्रसर व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजाराम कार्कीले जानकारी दिनुभयो ।
